play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

चितवनका स्थानिय तहमा डिसइन्फेक्सन छर्कने काम जारि

0

चैत १७, चितवनका स्थानिय तहले डिसइन्फेक्सन छर्कने काम जारि राखेका छन् ।खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा डिसइन्फेक्सन (कीटनाशक औषधि) छर्किएको छ। कुमरोज मध्यवर्ती सामुदायिक वन, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ ले संयुक्त रुपमा कीटनासक औषधि वडा भरी छर्किन सुरु गरेको हो।विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किन सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताए । बोलेरोमा एक हजार लिटरका २ वटा ट्याङकी राखेर वडाभित्र कीटनासक औषधि छर्किएको वडा नम्बर १३ का वडाध्यक्ष बालकुमार उप्रेतीले बताए।

यसैबीच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का २१ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ। टोल सुधार समिति वडा सदस्य र वनका पार्षद सदस्दमार्फत् प्रत्येक घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो। प्रति घर ५ वटाका दरले साबुन र प्रतिघरका सम्पूर्णलाई मास्क वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुँवरले बताएका छन् ।दैनिक ज्याला मजदूरी गरेर जिवन धान्नेहरुलाई खानाको व्यवस्था वडाले नै गर्ने र कोही त्यस्तो भए सम्पर्क गर्न खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य जिवन कार्कीले आग्रह गरेका छन् ।
उता कोरोना लगायतका बिषाणुहरुको संक्रमण रोक्न माडी नगरक्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु भएको छ ।माडी नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सहयोगमा दमकलको प्रयोग गरी सोमबार बसन्तपुर बजार क्षेत्रमा डिसइन्फेक्सन छरेको हो । भाइरसलाई निश्क्रिय बनाउन पानीमा क्लोरिन मिसाई डिसइन्फेक्सन तयार गरिन्छ ।पहिलो चरणमा १५ लिटर क्लोरिनमा मात्रा अनुसारको पानी मिसाई छर्न सुरु गरिएको र यो काम निरन्तर जारी रहने जनाइएको छ ।

Share.

Leave A Reply