कोरोनाका त्रासका बीच पनि बेलारुसमा मस्त फुटबल चल्दैछ

0

चैत १७, कोरोना भाइरसका कारण युरोपका अधिकांश देशमा फुटबल गतिविधि ठप्प छन् । कोरोनाकै कारण युरोपक एकबर्ष पर धकेलिएको छ ।प्रिमियर लिग लगायत अन्य शीर्ष डिभिजन लिग स्थगित भएका छन् । तर, युरोपकै एउटा देश बेलारुस अहिले पनि फुटबलमा मस्त छ । कोरोनाको संक्रमण भएपनि बेलारुसमा शीर्ष डिभिजनको लिग फुटबल चलिरहेको छ । यसअघि बेलारुसको लिग फुटबलको अन्तर्राष्ट्रिय स्तरमा त्यति चर्चा हुँदैन थियो ।


त्यसैले त अहिले कोरोनाको संक्रमणबीच चलिरहेको लिगले सबैको ध्यान तानेको हो । बेलारुसको राजधानीमा शनिबार र आइतबार समेत लिगका खेल भए ।लिग हेर्न तीन हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । बेलारुसमा कोरोना भाइरस संक्रमितको संख्या करिव एक सय पुगेको छ । कसैले ज्यान भने गुमाएका छैनन् ।

Share.

Leave A Reply