play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

चितवनका चार जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएन

0

चैत १६, चितवनबाट शनिबार कोभिड १९ परीक्षणका लागि काठमाडौं पठाइएको चार जनाको नमूना परीक्षण नतिजा नेगेटिभ आएको छ ।भरतपुरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका चारै जनाको स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।आइतबार थप तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । तीमध्ये १ जना अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्, २ जना सेल्फ क्वारेन्टाइनमा छन् ।


अस्पतालबाट अहिलेसम्म २७ जनाको स्वाब परीक्षणका लागि पठाइएको र तीमध्ये २४ जनाको नेगेटिभ आएको छ । अस्पतालबाट आइतबार २४ जनाले सेवा लिएका छन् । बार्डमा तीन जना भर्ना भएर बसेका छन् ।चैत ७ गतेबाट सञ्चालनमा आएको भरतपुर कोरोना अस्पतालबाट आइतबारसम्म १९५ जनाले सेवा लिएका छन् ।

Share.

Leave A Reply