play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

लकडाउनमा कुनै पनि वस्तुको अभाव हुन दिइने छैन: महानगर

0

चैत १४, भरतपुर महानगरपालिकाले लकडाउनको अवधिभर नागरिकहरूलाई कुनै पनि कुराको अभाव हुन नदिने बताएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न चैत ११ गतेदेखि सरकारले सुरु गरेको लकडाउनभर जनतालाई खाद्यान्य वा अन्न कुनै पनि कुराको अभाव महसूस हुन नदिने महानगरपालिकाले बताएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले लकडाउनले अत्यावश्यक सामग्रीको ढुवानीलाई प्रभाव नपार्ने बताए । औषधि तथा खाद्यान्य लगायतका सामग्री बिक्री वितरण गर्ने पसललाई भने बन्द गर्न अनिवार्य नरहेको उनले बताए । यद्यपि संक्रमणको भयका कारण किराना तथा औषधि पसल पनि धमाधम हुन थालेका छन् ।


उच्च वर्गका स्थानीयहरूले खाद्यान्यको भण्डारण गरेर राखिसकेका भए पनि अधिकांश निम्न वर्गीय लकडाउनको चपेटामा पर्ने देखिएको छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने वर्गका मानिसहरूलाई खाद्यान्यको अभाव देखिन सक्ने अनुमान गरिएको छ । यस्तै सुरुवाती दिनमा लकडाउन उल्लंघनका घटना भएपनि तेश्रो दिन भने त्यस्ता घटना नभएको जोशीले जानकारी दिए । घरभित्र बसेर आफ्नो सुरक्षा गरी विषम परिस्थितिमा सरकारलाई साथ दिन उनले सबैसँग आग्रह गरेका छन् ।यता गृह मन्त्रालयले पनि थोक तथा खुद्रा पसल सञ्चालकरूलाई जनताका घरघरमा उपभोग्य सामग्रीको आपुर्ति गराउन निर्देशन गरेको छ ।

Share.

Leave A Reply