play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

दैनिक मजदुरी गर्नेलाई भगत मेटलले खाद्यान्न बाढ्दै

0

चैत १४ , भरतपुर ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई भगत मेटलले खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी प्रभावित दैनिक ज्यालादारी गरेर खानेहरू भएको भन्दै भगत मेटलले खाद्यान्न वितरण शुरु गरेको हो । भगत मेटलले सुरुवाती चरणमा भरतपुर महानगरपालिका वडा नम्बर ५ मा रहेका सुकुमबासी २१ घर परिवारलाई खाद्यान्न वितरण गरेको भगत मेटलका प्रबन्ध निर्देशक चन्द्र शेखर भगतले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्नको समस्यामा परेका परिवारलाई प्रति परिवार १० किलो चामल, एक किलो दाल र दुई किलो आलु वितरण गरिएको छ । खाद्यान्न अभावमा भोकै बस्नुपरेका मजदुरहरुलाईे ९८५५०५४१४५ मा सम्पर्क गरेर खाद्यान्न लिन आउन समेत उहाँको आग्रह  छ ।

नेपाल मा देखिएको काठको अभाव र बढ्दो बन बिनासलाई न्युनीकरण गर्ने उदेश्यले भरतपुरमा विगत ६ वर्ष अघि देखि मेटलका झयाल ढोका लगायतका निर्माण सम्बन्धी सामाग्री भगत मेटल प्रा.ली उत्पादन गर्दै आएको छ ।

लकडाउनको बाहानामा डाईलेसीस सेवामा हेलचक्राई, ४ घण्टाको डाईलेसीस २ घण्टा गराउदै अस्पताल

 

Share.

Leave A Reply