play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

भरतपुरमा आजदेखि कोरोनाको संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु

0

चैत १४, चितवनको भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन सुरक्षात्मक उपाय अपनाउन थालेको छ । महानगरपालिकामा भाइरसको संक्रमण रोक्न डिसइन्फेक्सन छर्न सुरु गरिएको छ । महानगरपालिकाले आज विहानदेखि नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न सुरु गरेको हो ।आज लकाडाउनको चौथो दिनबाट महानगरले यो अभियान थालनी गरेको हो । महानगरपालिकाकी प्रमुख रेनु दाहालले संक्रमण हुन नदिनका लागि डिसइन्फेक्सन छर्न थालिएको जानकारी दिइन् । नगर प्रमुख दाहालले आजदेखि बजार क्षेत्रमा छर्न सुरु गरेको बताउदै विस्तारै ग्रामीण भेगमा समेत छर्न सुरु गर्ने बताइन ।


नगर प्रमुख दाहालले अबदेखि हरेक दिन डिसइन्फेक्सन छर्ने काम गरिने बताइन् । भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ । केहीदिन अघिदेखि काठमाडौं उपत्यकामा समेत डिसइन्फेक्सन छर्ने काम सुरु गरिएको छ । आज लकडाउनको चौथो चितवनका बजारहरु सुनसान छन् ,

Share.

Leave A Reply