play_circle_outline On Air

बितेका पल

play_circle_outline On Air

बितेका पल

हिजो राति आकाशमा देखिएको त्यो चम्किलो दृश्य के हो ?

0

चैत १४, हिजो साझ आकाशबाट एउटा चम्किलो बस्तु खसेको छ ।उक्त बस्तु अस्वाभाविक तीव्रतामा उज्यालो छर्दै पृथ्वीतर्फ झरेको थियो ।सो चम्किलो बस्तु चितवन सहित नवलपुर,बागलुङ, पर्वत, स्याङ्जा, बाँके, सुर्खेत, कास्कीलगायतका पश्चिम नेपालका विभिन्न जिल्लाबाट समेत देखिएको बताइएको छ । कतिपयले ठूलो आवाज समेत सुनिएको दावी गर्दै चासो राखिरहँदा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले उक्त बस्तु उल्कापिण्ड हुनसक्ने बताएको छ ।सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले वास्तविकता के हो भन्ने आफूहरु खोज मै रहेपनि प्राप्त सूचनाका आधारमा त्यो चम्किलो बस्तु उल्कापिण्ड हुन सक्ने जानकारी दिए ।


उनका अनुसार त्यस्ता उल्कापिण्डको साइज ठूलो भयो भने पृथ्वीको सतहमा आइपुग्छ भने सानो साइजका भने आकाशमै बिलाउँछन् । उनले उउल्कापिण्ड जुनसुकै बेलापनि खस्न सक्ने भन्दै यसको कुनै पूर्वानुमान गर्न नसकिने पनि स्पष्ट पारे । यस्तै सोसाइटीले यसबारे विज्ञप्ति पनि जारी गरेको छ ।

Share.

Leave A Reply