play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

फर्मुला वान स्थगित

0

चैत १४, अमेरिकाको प्रतिष्ठित फर्मुला वानको प्रतियोगिता इन्डियानापोलिस-५०० स्थगित भएको छ ।विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी मे महिनामा हुने प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिता आगामी अगस्ट २३ सम्म स्थगित गरिएको आयोजकले जनाएको छ । यस अघि प्रतियोगिता मे २४ मा हुने तालिका रहेको थियो ।

कोरोनाबाट प्रभावित हुने राष्ट्रमा अमेरिका पनि अग्रस्थानमा आउछ । अमेरिकामा पनि एक हजार बढी मानिसको मृत्यु भईसकेको छ । जसको कारण आयोजकले प्रतियोगिता अगस्टसम्मको लागि स्थगित गरेको हो ।कोरोनाको कारण यस अघि विश्वभरमा ८ फर्मुला वानको प्रतियोगिता स्थगित भईसकेको छ ।

Share.

Leave A Reply