play_circle_outline On Air

बितेका पल

play_circle_outline On Air

बितेका पल

कोरोनाका कारण बिश्वभर मृत्युहुनेको सख्या २४ हजार ८७ पुग्यो:साढे ५ लाख संक्रमित:१९८ राष्ट्र प्रभावित

0

चैत १४, विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको छ । १९८ राष्ट्र प्रभावित भएका छन् ।विश्वभर २४ हजार ८७ जनाको मृत्यु भएको छ । ५ लाख ३२ हजार २ सय २४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।१ लाख २४ हजार ३ सय २६ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २ सय १५ पुगेको छ ।इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ८० हजार ५ सय ९० जना सङक्रमित रहेको इटालीमा १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ६ सय ५६ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ हजार ३ सय ६५ पुगेको छ ।७ हजार बढी उपचार पछि निको भएका छन् । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो कोरोना कोरोना संक्रमित पुष्टि भएको छ । आपतकालीन अवस्था थप दुई हप्ता बढाइएको छ ।मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।जर्मनीमा २ सय ६७ जनाको मृत्यु भएको छ भने ४३ हजार ९ सय ३८ जना संक्रमित छन् । अमेरिकामा १ हजार ३ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ ।फ्रान्समा १ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । २९ हजार १ सय ५५ जना संक्रमित छन् ।दक्षिण कोरियामा कोरोनाका कारण १ सय ३९ जनाको मृत्यु भएको छ भने ९ हजार ३ सय ३२ जना संक्रमित छन् ।यता भारतमा २० जनाको मृत्यु र संक्रमितको संख्या ७ सय २७ पुगेको छ ।

Share.

Leave A Reply