play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

कोरोना नियन्त्रणका लागि चीनले दिएकोे मेडिकल सामग्री आज तातोपानी आइपुग्ने

0

चैत १४, चीनले दिने मेडिकल सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने छ ।चीनले कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई दिने भनिएका मेडिकल सामाग्री शुक्रबार नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।ती सामग्रीको आयातसँगैं तातोपानी नाका विधिवत रुपमा सुचालु हुने खत्रीले बताए । अहिले नाकाबाट फलफूल र मेडिकल सामग्री मात्रै आउने खत्रीले बताए । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए ।
सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने खत्रीले बताए ।नाकाबाट मालवस्तुमात्रै आयात निर्यात हुने हुँदा सामान लिन जाने सवारी चालकको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै चीन पठाउने र सीमापारि पनि उनीहरुको स्वास्थ्य जाँच हुने हुँदा कोरोना संक्रमणको डर नभएको खत्रीले बताए ।

स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा रहेको छ ।चीनबाट आएका सामानहरु जाँचपास गर्दा त्यसमा सहभागी हुनेले विषेश किसिमको सुरक्षा अपनाउने हुदाँ जाँचपासमा संलग्नलाई समेत कोरोना संक्रमण हुने सम्भावना नभएको उनले बताए ।चीनबाट आएका सामग्रीलाई किटनाशक स्प्रे गरेर मात्रै जाँचपास गर्ने र जाँचपास गरेपछि ७२ देखि ७४ घण्टासम्म लार्चास्थित यार्डमा राखिने छ । त्यसपछि पुन किटनाशक स्प्रे गरेर मात्रै ती सामान पठाइने खत्रीले जानकारी दिए ।चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँगैं नेपालले माघ १५ गते चीनतर्फको रसुवागढी र तातोपानी नाका बन्द गरेको थियो ।२०७२ सालको भुकम्पपछि चारवर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठ १५ बाट सञ्चालनमा आएको थियो ।

Share.

Leave A Reply