play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज लकडाउनको चौथो दिन:घरबाहिर ननिस्कन सरकारको आग्रह:सरकारी घोषणा उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी

0

चैत १४, ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका गाडीमात्र चलिरहेका छन् । अरु गाडी भने चलाउन रोक लगाइएको छ । गएको मङ्गलबारदेखि आउँदो मङ्गलबारसम्म देशभर लकडाउनको घोषणा गरेकाले अति आवश्यक नपरि घरबाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमति बिना चलेका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर बेलुकीमात्रै छोड्ने गरेको छ । यस्तै कानुन अनुसार एक हजार रुपैयाँसम्म जरिबाना पनि तिराउने गरिएको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामको लागि लकडाउन गरिएकाले पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएको छ ।

यसैबीच चितवन सहित मकवानपुर नवलपुर लगायातका जिल्लामा पनि आजपनि यसको प्रभाब परेको छ।अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन आवत–जावतमा पूर्ण रोक लगाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।
चितवन जिल्लाका ७ वटा नै स्थानीय तहमा यातायातका साधन चलेका छैनन् भने बैङ्क तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान बन्द रहेका छन् । अधिकांश सर्वसाधारण आ–आफ्नै घरमा बसेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा जिल्लाका अत्यावश्यक सेवा र अस्पतालबाहेक सम्पूर्ण कार्यालय बन्द रहेका बताउनुभएको छ । लकडाउनका कारण लामो तथा छोटा दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द छन् ।जिल्लाका नाकाहरू मकवानपुरसँगको सिमाना लोथर, नवलपुरतर्फको सिमाना नारायणगढको पुल्चोक, धादिङतर्फ मुग्लिन र माडीको सिमाना ठोरीमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । अत्यावश्यक सवारीसाधन र पत्रकारहरूका लागि स्थानीय प्रशासनले पासको व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply