play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

लकडाउनको बाहानामा डाईलेसीस सेवामा हेलचक्राई, ४ घण्टाको डाईलेसीस २ घण्टा गराउदै अस्पताल

0

विवेक पोख्रेल

भरतपुर,चैत्र १३ ।

मेडीकल सिटीको रुपमा परिचित चितवनको स्वास्थ्य क्षेत्रमा लकडाउनको प्रभाव देखाएर डाईलेसीसको सामान उत्पान गर्ने कम्पनीले सेवा प्रभावित गर्दा विरामी मारमा परेका छन् । कोरोना भाईरस कोभिड १९ को संक्रमण बाट बच्न लकडाउन अहिलेको जति आवश्यक्ता हो मृगौलाका बिरामीहरुका लागि डाईलेसीस उतिनै आवश्यक मानिन्छ । तर चितवनका डार्ईलेसीस सेवा प्रदान गर्ने सबै अस्पतालमा डायलाइसिसमा प्रयोग हुने डायलोजर र केमिकल पार्ट ‘ए’, पार्ट ‘बी’  सकिएका छन् । यदी शुक्रवार सम्म यी सामाग्री नआएको खण्डमा चितवनमा शनिवार देखि डायलाइसिस सेवा बन्द हुने निश्चित छ ।

चितवनका चार ओटा अस्पतालहरु बाट अहिले डार्ईलेसीसको सेवा प्रदान हुदै आएको छ । भरतपुर अस्पतालमा अहिल  ६९  जना, रत्ननगरगर अस्पतालमा ४८ जना,   चितवन मेडिकल कलेजमा ७० जना र कलेज अफ मेडिकल साइंसेज (पुरानो मेडिकल कलेज) मा १०० जनाले नियमीत रुपमा डाईलेसीस गराउदै आएका छन् । सातामा दुई पटक तथा आवश्यकता अनुसार तीन पटक सम्म मिर्गौलारोगीको डायलाइसिस गरिन्छ । एक जनालाई डायलाइसिस गर्दा गर्दाको समय ४ घण्टा लाग्छ । तर मङ्गलवार देखि रत्ननगर अस्पतालले केमिकल पार्ट ‘ए’, ‘बी’ कम हुदा एक जनालाई मात्र २ घण्टा डायलाइसिस गराउदै आएको अस्पतालका ईन्चार्ज कृष्णा आचार्यले सिनर्जी एफ.एम.लाई बताए । उनका अनुसार अस्पतालमा जम्मा केमिकल पार्ट ‘ए’ ७ वटा जार छ एउटा जारमा २० लिटर पानि हुन्छ । एक जार  बराबर ४ जनालाई डायलाइसिस गर्न मिल्ने भए पनि अहिले त्यो जारले अस्पतालले ८ जनालाई  डायलाइसिस गराउदै आएको छ । उक्ता अन्य अस्पताहरुको पनि अवस्था उस्तै छ । केमिकल पार्ट ‘ए’, पार्ट ‘बी’ हुने स्टोर रित्तो छन् । यदी नआएको खण्डमा अस्पतालहरु शनिवार देखि सेवा नै बन्द गर्ने तयारीमा छन् ।

केमिकल पार्ट ‘ए’, पार्ट ‘बी’ बनाउन रोडोडेन्टल वायोटेक प्रालि नेपालमा एउटा मात्र कम्पनी हो । ललितपुरमा रहेको उक्त कम्पनीका मार्केटिङ्ग म्यानेजर बिबि क्षेत्रीका अनुसार ढुवानी गर्ने साधन नभएकाले भनेको बेलामा सामाग्री चितवन पठाउन नसकेको बताउछन् ।

यस बिषयमा जिल्ला प्रशासन कार्यलय चितवनलाई अस्पतालले जानकारी दिएका छैन्न । जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई आफुलाई यस विषयमा कुनै पनि अस्पतालले जानकारी नगराएको बताए । अस्पताललाई त्यस्तो समस्या परेको छैन होला यदि परेको भए भन्नू हुन्थ्यो उनले भने । यद्यपि अति आवश्यक कुरा रोक्न मिल्दैन , रोक्न पर्ने कारण पनि छैन । बरु सूचना दिनु भयो सिनर्जी एफ.एमलाई धन्यवाद म बुझ्छु ।

Share.

Leave A Reply