आफ्नो छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि स्थानीयले गरे आक्रमण

0

चैत १३, कोरोना भाइरस (कोभिड–१९)बाट जोगाउन नेपालका विभिन्न स्थानहरुमा क्वारेन्टाइन निर्माण गरिएका छन् । तर बैतडीको पुरचौंडी नगरपालिका–५ को क्वारेन्टाइनमा भने सुरक्षाका लागि बनाइएको क्वारेन्टाइनमै स्थानीयले आक्रमण गरेका छन् । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको थियो । सोही कारण सुनील जागरीका बुवा नरेन्द्र जागरीसहितका व्यक्तिले क्वारेन्टाइनमा आक्रमण गरेका हुन्। उनले स्वास्थ्यकर्मी करनसिंह धामीलाई चिरपटले हानेर घाइते बनाएका छन् भने उनको औंला दाँतले चपाई दिएका छन् ।


भारतबाट आएका छोरालाई किन राखेको भन्दै एक सहकारीका प्रबन्धक समेत रहेका स्थानीय नरेन्द्रले क्वारेन्टाइनमै पसेर कुटपिट गरी औंला चपाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले बताए ।कुटपिटबाट घाइते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर उपचारका लागि स्वास्थ्यचौकीमा पुर्‍याइएको छ । ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नगरपालिकाले निन्दा गरेको छ । आक्रमणमाथि कडा कारवाही गर्न माग गरिएको छ ।

Share.

Leave A Reply