play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कोरोनाका कारण बेलायतमा चितवनका एक नेपालीको मृत्यु

0

चैत १३, कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनिरहेको बताइएको छ।
बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो ।

केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो।स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Share.

Leave A Reply