play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

मजदुरी गरी जीविकोपार्जन गर्नेहरूलाई उद्योग वाणिज्य संघ चितवनले एक हप्ता खान पुग्ने खाद्यान्न दिने

0

विवेक पोख्रेल
चैत्र १३ गते, भरतपुर
दैनीक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी गरी खानेहरु प्रभावित भएको भन्दै संघले खाद्यान्न वितरण गर्न लागेको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार जिल्ला भित्र ज्याला मजदुरी गरी दैनिकी गुजार्ने, तर अहिलेको लकडाउनका कारण मारमा परेकाहरूलाई पहिलो चरणमा एक हप्ता पुग्ने सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार ‘प्रति परिवार पाँच के.जी. चामल , डेढ केजि दाल, आधा लिटर तोरीको तेल, दुई के.जी. प्याज, तिन के.जी. आलु, एक के.जी. चिनी र २ के.जी. चिउरा वितरण गरिनेछ ।’

उद्योग वाणिज्य संघ चितवनकै कार्यलयमा भोली (शुक्रवार) विहान ८ बजे बाट खाद्यान्न वितरण हुने छ । जसको लागि अहिले नगर प्रहरीको गडीमा माईकीङ्गको काम समेत भै रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि पनि उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकामा निमार्ण भएको ७० बेडको कोरोना विशेष (अस्थायी) अस्पतालमा का बेडहरुका लागि आवश्य सामाग्री उपलब्ध गराएको थियो ।

Share.

Leave A Reply