play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कोरोनाका कारण २१ हजार बढीको मृत्यु, १ लाख १३ हजार उपचारपछि घर फर्किए

0

चैत १३, विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको छ । १९८ राष्ट्र प्रभावित भएका छन् ।विश्वभर २१ हजार १ सय ८४ जनाको मृत्यु भएको छ । ४ लाख ६८ हजार ३ सय ५४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।१ लाख १३ हजार ८ सय १२ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ६ सय ५६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।

५ हजार बढी उपचार पछि निको भएका छन् । स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्भो कोरोना कोरोना संक्रमित पुष्टि भएको छ । आपतकालीन अवस्था थप दुई हप्ता बढाइएको छ ।मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार ७७ जनाको मृत्यु भएको छ ।जर्मनीमा २ सय ६ जनाको मृत्यु भएको छ भने ३७ हजार ३ सय २३ जना संक्रमित छन् । अमेरिकामा ९ सय ३४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६५ हजार ६ सय ५२ पुगेको छ ।फ्रान्समा १ सय ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार २ सय ३३ जना संक्रमित छन् ।दक्षिण कोरियामा कोरोनाका कारण १ सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ जना संक्रमित छन् ।यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु र संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ । यता भारतमा १२ जनाको मृत्यु र संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।(एजेन्सी)

Share.

Leave A Reply