play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कोरोना अस्थाई अस्पतालमा कर्मचारी माग:इच्छुक स्वास्थ्यकर्मीले आज सम्म सम्पर्क गर्न सकिने

0

चैत १३, कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्नका लागि चितवनको भरतपुरमा बनेको कोरोना विशेष अस्पताल (अस्थाई)ले स्वास्थ्यकर्मी माग गरेको छ ।अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीद्धारा जारी सूचनामा कोरोना भाइरस संक्रमितको उपचार गर्न केही स्वास्थ्यकर्मी माग गरेको हो ।

उक्त अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको हो । जसका लागि आज साँझ ५ बजेसम्म सम्पर्कमा आउन अस्पतालले आग्रह गरेको छ । आवेदकहरुको अन्तर्वार्ता भोलि चैत १४ गते बिहान १० बजेबाट अस्पतालमा नै हुने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मी छनौट प्रक्रिया अन्तरवार्ता मात्रै राखिएको छ ।

Share.

Leave A Reply