play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

‘लकडाउन’को आज तेस्रो दिन थप कडाइ गरिदै:आजपनि चितवन सुनसान:घर बाहिर ननिस्कन आग्रह

0

चैत १३, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज(बिहीबार) तेस्रो दिन शहर बजार सुनासान छ ।अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन् लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ । यसैबीच चितवन सहित मकवानपुर नवलपुर लगायातका जिल्लामा पनि आजपनि यसको प्रभाब परेको छ।अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन आवत–जावतमा पूर्ण रोक लगाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।


चितवन जिल्लाका ७ वटा नै स्थानीय तहमा यातायातका साधन चलेका छैनन् भने बैङ्क तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान बन्द रहेका छन् । अधिकांश सर्वसाधारण आ–आफ्नै घरमा बसेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा जिल्लाका अत्यावश्यक सेवा र अस्पतालबाहेक सम्पूर्ण कार्यालय बन्द रहेका बताउनुभएको छ । लकडाउनका कारण लामो तथा छोटा दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द छन् । भने केही मोटरसाइकल तथा साइकल यात्रुलाई सुरक्षाकर्मीले चेकजाँच गर्दै छाडिरहेको भेटिन्थ्यो ।जिल्लाका नाकाहरू मकवानपुरसँगको सिमाना लोथर, नवलपुरतर्फको सिमाना नारायणगढको पुल्चोक, धादिङतर्फ मुग्लिन र माडीको सिमाना ठोरीमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । अत्यावश्यक सवारीसाधन र पत्रकारहरूका लागि स्थानीय प्रशासनले पासको व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply