play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

कोरोना नियन्त्रणसम्बन्धी कामका लागि १३४ डाक्टर तथा स्टाफ नर्सको माग

0

चैत १३, सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७/५ जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र एक सय जना स्टाफ नर्सको लागि आवेदन माग गरेको हो ।जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ ।
यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र [email protected] मा पठाउन सकिन्छ ।कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply