play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

चितवनमा लकडाउनमा चलेका २ सय २३ सवारी नियन्त्रणमा, लकडाउन उल्लंगन गर्नेलाई जनही एक हजार जरिमाना

0

भरतपुर ,१२ गते ।

कोरोना भाइरस (कोभिड १९ ) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने २ सय २३ सवारी साधनलाई चितवन प्रहरीले आज (बुधवार) नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोईरालाका अनुसार १ सय ८३ वटा मोटर साईकल, २४ वटा स्कुटी, २ वटा कार , २ वटा बलेरो, ६ वटा अटो रिक्सा, ३ वटा ट्याक्टर, २ वटा ट्रक र १ म्याजिक नियन्त्रण लिएको हो । उहाँका अनुसार सवारी साधन चालक लाई पहिलो पटक सम्झाई बुझाई घरतर्फ नै फर्काइएको छ । आज नै विभिन्न स्थानबाट अटेर गरी जवरजस्ती लकडाउन उल्लंगन गर्ने २९ जना पुरुष र १ महिला गरी ३० जनालाई प्रहरीले एक हजार जरिमाना गरी छाडेको छ । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । यो समयमा अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम छ ।

Share.

Leave A Reply