play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सख्या २० हजार नजिक: ४ लाख २० हजारमा भाइरसको पुष्टि

0

चैत १२, विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण १९२ राष्ट्र प्रभावित भएका छन् ।भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर १९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । ४ लाख २० हजार ८ सय २९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ११ हजार ८ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएर युरोपमा समेत आक्रामक रुपमा फैलिएको कोरोनाका कारण सबैभन्दा धेरै इटलीका मानिसको मृत्यु भएको छ ।


त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० जना पुगेको छ ।इरानमा २ हजार ७७ व्यक्तिको मृत्यु भइसकेको छ भने २७ हजार १७ जना संक्रमित छन् । स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ ।संक्रमितको संख्या ४७ हजार ६ सय १० पुगेको छ । जर्मनीमा १ सय ७२ जनाको मृत्यु भएको छ भने ३४ हजार ९ जना संक्रमित छन् ।अमेरिकामा ७ सय ८४ जनाको मृत्यु भएको छ भने ५५ हजार संक्रमित छन् । फ्रान्समा एक हजार एक सय जनाको मृत्यु भएको छ ।२३ हजार ३ सय ४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण एक सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ संक्रमित छन् ।भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५ सय ६२ पुगेको छ ।यस्तै पाकिस्तानमा ७ जनाको मृत्यु र ९ सय ७२ जना संक्रमित भएका छन् ।

Share.

Leave A Reply