play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

जति रिचार्ज त्यतिनै बोनस दिन निर्देशन

0

चितवन,चैत ११ गते ।

नेपाल दूरसन्चार प्राधिकरणले दूरसन्चार सेवा प्रदायकलाई रिचार्ज बराबरकै रकम बोनसका रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्थामा दूरसन्चार सेवाको प्रयोगलाई सहज बनाउन यस्तो निर्देशन दिइएको प्राधिकरण अध्यक्ष पुरुसोत्तम खनालले जानकारी दिनुभयो । उहाका अनुसार तत्काल यो सुविधा एक महिनासम्मका लागि उपलब्ध गराउन निर्देशन दिइएको छ ।बैठकले सेवाप्रदायकले आफ्ना ग्राहकलाई २ सय रुपियाँसम्म सापटिको रुपमा उपलब्ध गराउन सक्ने निर्णय पनि गरेको छ । त्यस्तै सस्तो दरमा डेटा उपलब्ध गराउन प्राधिकरणको निर्देशन आवश्यक नपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ ।

Share.

Leave A Reply