play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

भरतपुर अस्पतालबाट कोरोना परीक्षण गरिएका १२ जनाको रिपोर्ट नेगेटिभ

0

चैत १२,चितवनको भरतपुर अस्पतालबाट अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएका १२ जना मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी दिएको छ।राजधानीको टेकु अस्पतालमा गरिएको परीक्षणमा सबै १२ जनाकै रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।भरतपुर अस्पतालबाट हिजो बिहान पठाईएको ८ जनाको नमुनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको हो । भरतपुर अस्पतालबाट यसअघि चार जनाको कोरोना परीक्षण गरिएको थियो । ती चार जनामै कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।


भरतपुर अस्पतालले कोरोना आशंका लागेर आउने बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्दै आइरहेको छ । भरतपुर अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि १९ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

Share.

Leave A Reply