play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

लकडाउनका कारण सुनसान चितवन: सरकारी घोषणा उल्लङ्घन गरे कारबाही

0

सिनर्जी डेक्स
चैत १२, चीनमा सुरु भएर विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले सर्वसाधारणलाई घरबाट निस्कन रोक लगाएसँगै चितवनका बजार मङ्गलबार सुनसान बने भने आज दोस्रो दिन बुधबार पनि यसको प्रभाव विहानै देखि देखिएको छ । यद्धपी नियमको पालना गराउन जिल्लामा प्रहरी परिचालन गरी अत्यावश्यक काममाबाहेक हिँड्डुल गर्नेलाई र सवारीसाधनको आवागमनमा कडाइसँगै रोक लगाइएको छ । प्रहरीको आग्रह र कडाइपछि हिँड्डुल गर्नेको सङ्ख्यामा कम छ । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्न सोमबार सरकारले मङ्गलबार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म सर्वसाधारणलाई घरबाट निस्कन रोक अर्थात् ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन आवत–जावतमा पूर्ण रोक लगाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममाबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र निर्मूल गर्न लकडाउन गरिएको भन्दै उल्लङ्घन गरिएमा कारबाही गरिने सरकारले जनाएको छ ।


जिल्लाका ७ वटानै स्थानीय प्रदेशमा यातायातका साधन चलेका छैनन् भने बैङ्क तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठान बन्द रहेका छन् । चितवनमा छिटफुट घटनाबाहेक लकडाउन पूर्ण कार्यान्वयनमा आएको पहिलो दिनले देखिउछ । अधिकांश सर्वसाधारण आ–आफ्नै घरमा बसेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा जिल्लाका अत्यावश्यक सेवा र अस्पतालबाहेक सम्पूर्ण कार्यालय बन्द रहेका बताउनुभएको छ । लकडाउनका कारण लामो तथा छोटा दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द छन् । भने केही मोटरसाइकल तथा साइकल यात्रुलाई सुरक्षाकर्मीले चेकजाँच गर्दै छाडिरहेको भेटिन्थ्यो ।जिल्लाका नाकाहरू मकवानपुरसँगको सिमाना लोथर, नवलपुरतर्फको सिमाना नारायणगढको पुल्चोक, धादिङतर्फ मुग्लिन र माडीको सिमाना ठोरीमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । अत्यावश्यक सवारीसाधन र पत्रकारहरूका लागि स्थानीय प्रशासनले पासको व्यवस्था मिलाएको छ ।

Share.

Leave A Reply