play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

एसईई नतिजा सार्वजनिक, ग्रेड बढाउन पूरक परीक्षा साउन १९ गतेदेखि (परीक्षा तालिकासहित)

0

२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक गरेको छ । सईई पूरक (ग्रेडबृद्धि) परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म संचालन हुने भएको छ । १९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अग्रेजी, २० गते शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीहरुको लागि अंग्रेजी, साउन २१ गते शनिबार अनिवार्य गणित, २२ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा संचालन हुने भएको छ ।त्यसैगरि साउन २३ गते सोमबार अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा, साउन २५ बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र साउन २६ गते बिहीबार ऐच्छिक द्धितीयपत्रका सबै विषयहरुको परीक्षा संचालन हुने भएको छ ।

Share.

Leave A Reply