play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

भारतमा तीन साता लामो लकडाउन घोषणा

0

चैत्र ११ । भारतले तीन साता लामो लकडाउनको घोषणा गरेको छ ।मंगलबार साँझ जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन् ।२१ दिने लकडाउन मंगलबार मध्यरातबाट लागू हुने घोषणा गर्दै मोदीले २१ दिनका लागि बाहिर निस्किँदा के हुन्छ भन्ने कुरा बिर्सिन आग्रह गर्दै घरमै बस्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको साइकल तोड्न कमसेकम २१ दिन महत्वपूर्ण हुने बताएको पनि उनले जानकारी दिए ।स्वास्थ्यसम्बन्धी पूर्वाधार बलियो बनाउन केन्द्र सरकारले १५ हजार करोड रुपैयाँ छुट्याएको पनि उनले बताए ।भारतमा संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ ।

Share.

Leave A Reply