play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

मनोज घिमिरे, चैत्र १० , चीनको वुहान शहरमा गत बर्ष २०१९ डिसेम्बर ३१ तारिकका दिन काेराेना भाइरसकाे संक्रमण पहिलाे पटक केहि ब्यक्तिमा देखा परेकाे थियोे । काेराेना भाईरसकाे सङ्क्रमणबाट हाल सम्म चिनमा ३२७० जनाले ज्यान गुमाएका छन। चिन हुँदै हाल युराेपकाे ईटालिमा महामारि बनेकाे काेराेना भाईरसले ईटालिमा मात्र ५४७६ भन्दा बढि ब्यक्तिको ज्यान लिईसकेकाे छ। बिश्वको १९२ देशहरूमा फैलिसकेकाे काेराेना भाईरसकाे संक्रमण हाल सिङ्गो मानव समुदायका लागि एउटा डर लाग्दो चुनौती बनेको छ। बिश्वका अति विकसित धनी देश देखि कम बिकसित तथा बिकासउन्मुख देश गरि जम्मा १४६४७ जनाले हाल सम्म ज्यान गुमाइसकेका छन।
के मानव समुदायकाे अस्तित्व संकटमा पर्ने त होइन भन्ने विषयमा बिश्वका सबै बिकसित देशहरू सोच्न थालेका छन। छिमेकि देश भारतमा पनि ३९१ जना संक्रमित भेटिएकाछन भने हाल सम्म ७ जानाले ज्यान गुमाइसकेका छन। ग्रीन जोनको रूपमा रहेकाे भनेकाे नेपालमा बिरगंजका एक ब्यापारी जो भारतको पटनाकाे एक अस्पतालमा काेराेना संक्रमित भएकाे बिभिन्न संचार माध्यमले जानकारि गराएता पनि उनकाे रिपोर्ट नेगेटिभ अाएको छ। नेपाललाई बिश्व स्वास्थ संस्थाले उच्च जोखिममा राखेको छ भने तुरुन्तै भारतसँगको सम्पुर्ण सिमा क्षेत्र बन्द गर्न सुझाब दिएकाे छ। हाल नेपाल सरकारले सम्पुर्ण अन्तरास्ट्रिय हवाई उडान करिव १० दिनकालागि बन्द गरेको छ । लामाे दुरिका यातायात पनि पनि बन्द गर्दै छ। नेपाल हाल सेमि लकडाउनकाे अवस्थामा छ। बिश्वमा काेराेना भाईरसकाे माहामारि फैलदै गर्दा नेपाल सरकारले पनि सम्पुर्ण नेपालीहरुलाइ संक्रमणबाट बच्न र बचाउनका लागि बिभिन्न उपायहरु अवलम्बन गर्ने प्रयास गरिराखेकाे छ। देशका बिभिन्न स्थानमा अस्थायी अाईसाेलेसन वार्ड तयार गर्दै छ। भलै तयारि अझै गर्न जरुरी छ। केही ब्यक्तिहरु भने सरकारकाे यस प्रयासलाई मजाक बनाउदै सामाजिक संजाल मा बिभिन्न अफवाह फैलाउदै आनन्दीत महसुस गरिरहेका छन। त्यस्तै अफवाहका त्रासबाट नेपालिहरू लाैन महामारि नेपालमा पनि फैलिसकेछ अब मरिने त हाेईन भनेर त्रसित छन । नाकाबन्दि हुने त हाेइन भनि आत्तिएकाे अवस्था छ। राेग लागेर भन्दा झुठा हल्लाका कारण नेपाली ले ज्यान गुमाउलान भन्ने डर छ। सबैजना खाद्यवस्तु भण्डारण गर्न तर्फ हुलका हुल ब्यस्त छन। केही ब्यापारीहरु मौकाको फाईदा उठाउदै काला बजारि गर्न तल्लीन छन जहाँ सरकारले ध्यान पुराउन सकेकाे छैन। सरकारले २५ जना भन्दा बढि जम्मा नहुनु भनेर निर्देशन नै जारि गरेकाे छ। तर पनि कहि कतै साे निर्देशन पालना गरेकाे पाइदैन। खाद्यबस्तुको अभाब हुन दिदैनाे सरकार भन्छ् , हामी सरकारकाे बिश्वास गर्दैनौं । काला बजारि गर्नेहरुले हाम्रो कारण खुलेअाम अाफ्ना कर्तुत जारि राखेका छन। बिपदकाे घडिमा सरकारको निर्देशन पालना गर्नु एक असल नागरिकको कर्तब्य हो। कहि कतै के हि नेपालीलाई काेराेना भाईरसकाे संक्रमण पाइएकाे खण्डमा तपाई हाम्रो अवस्था के होला। संचार माध्यममा अाउने गलत खबरहरूबाट तपाईं हामी सजक रहन जरूरि छ। तेसैले पनि समयमै सचेत रहदै काेराेना संक्रमणबाट बच्न र अरूलाई पनि बचाउन सरकारकाे निर्देशन पालना गरौं । घरमा नै बसाैं। हरेक पटक साबुन पानीले हात धाैअाैं। कडा जोरो तथा श्वास प्रश्वासमा समस्या अाए तुरुन्त अस्पताल वा डाक्टरको सल्लाह लिअाै।

Share.

Leave A Reply