play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

कोरोना संक्रमणले रियल म्याड्रिडका पूर्व अध्यक्षको मृत्यु

0

चैत ०९, कोरोना संक्रमणवाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ ।रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ ।रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।


सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो ।उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वा्धिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

Share.

Leave A Reply