play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

आहा रारा गोल्डकपमा उपाधिका लागि मनाङ र पुलिस भिड्दै

0

चैत्र,१।
१८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि छिनोफानो आज (शनिबार) हुँदैछ ।उपाधिका लागि पुर्व च्याम्पियन विभागीय नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने सामने हुँदैछन् । पोखराको नवनिर्मित रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुने छ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो । मनाङ विभागीय आर्मीलाई रोमाञ्चक खेलमा ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो ।१८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बा्धिक सफल टिम पनि हो ।यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।

Share.

Leave A Reply