play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

प्रिमियर लिगमा एस्टनमाथि लेस्टरको प्रभावशाली जित

0

फाल्गुन,२७।
जेमी भार्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले एस्टन भिल्लामाथि प्रभावशाली जित निकालेको छ । गए राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा भार्डी र हार्वे बान्र्सले समान २–२ गोल गरे ।

बान्र्सले ४० औ मिनेटमा घरेलु टोली लेस्टरलाई खेलमा अगाडी बढाएका थिए । एस्टनका गोलकिपर पेप रैना डिबक्स बाहिर आएको मौकाको फाईदा उठाउँदै उनले गोल गरेका थिए । ६३ औ मिनेटमा पेनाल्टीमार्फत भार्डीले लेस्टरको अग्रता दोब्बर बनाए । ७९ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । बान्र्सले ८५ औ मिनेटमा गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए ।
प्रिमियर लिगका पछिल्ला ८ खेलमा लेस्टरले दुई खेलमा जित निकालेको छ । उसले पछिल्ला चार खेलमा मात्र दुई अंक बटुलेको थियो । जितसंगै लेस्टरले शीर्ष चारको दौडमा आफुलाई बलियो बनाएको छ । तेस्रो स्थानको लेस्टरले ५३ अंक जोडेको छ । एस्टन भिल्ला २५ अंक सहित रेलिगेशन जोनमा छ ।

Share.

Leave A Reply