play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

कोरोना भाइरसको प्रभावले आर्थिक बृद्धिदर घट्ने सक्ने सम्भावना

0

फागुन,२७।
सरकारले यो बर्षको लागि लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६र७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सरकारले लिएको लक्ष्य पुरा हुने सम्भावना अत्यन्तै कम रहेको जनाएको छ ।राष्ट्र बैंकले आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्नुको मूख्य कारक कोरोना भाइरसलाई देखाएको छ । ‘विश्व अर्थतन्त्रमा आएको सुस्तता र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्रा्ष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ’ मौद्र्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।


कोरोना भाइरस र यसवर्ष धान उत्पादनमा कमी आउने भएकाले पनि आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने राष्ट्र बैंकले बताएको छ ।कोरोना भाइरसको त्रास लामो समयसम्म रहिरहे नेपालको अर्थतन्त्र थेग्नै नसक्ने गरी अर्थतन्त्रमा असर हुने विश्लेषकहरू बताउँछन् । कोरोनाको प्रभावले सरकारले लिएको आर्थिक वृद्धि खुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ ।

Share.

Leave A Reply