play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड, छापावाल सुन ८० हजार ३ सयमा कारोवार

0

फागुन १२, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनमा लगानी कर्ता आकर्सित भएपछि भाउ बढेको व्यासायीहरुले बताएका छन् ।


यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।सुनसँगै सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply