play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

मिस ब्युटी चितवनको उपाधी पदमपुरकी चौधरीलाई

0

भरतपुर, फागुन १२ ।

मिस ब्युटी चितवनको उपाधी पदमपुरकी कृती चौधरीले जितेकी छिन् । टप वन मिडीयाले आयोजना गरेको मिस ब्युटी प्रतियोगीताको गैरीगञ्जमा आईतवार सम्पन्न भएको फाईनलमा आठ जना प्रतिस्पर्धीलाई पछी पार्दै चौधरीले उपाधी जितेकी हुन् । मिस ब्युटीको फस्ट रनरअप भने भरतपुरकी रविना कंडेल र सेकेण्ड रनरअप लमजुङ्गकी रस्मीता अधिकारी बनिन्न् । प्रतियोगीतामा आयोजक छनौटमा भने प्रतिज्ञा अधीकारी परिन् ।
विभिन्न छनोटर चरण बाट प्रतियोगीतामा उत्कृष्ट आठमा आएका सहभागीहरुलाई कोरीयोग्राफर रवि सापकोटा र असीस्टेन्ट कोरीयोग्राफर सुस्मीता वस्नेतले प्रशिक्षण दिएका थिए । कार्यक्रमको विजेताहरुलाई थाइल्याण्ड टुरको प्याकेज, म्युजीक भिडियोमा अभिनय गर्ने अवसर रहेको छ ।मिस ब्युटी चितवन प्रतियोगीताको निर्णायकको रुपमा कलाकार अनीता केसी, सोनी विसी, निर्माता रकि शाहा र वसन्त शर्मा रहेका थिए ।

Share.

Leave A Reply