play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

“जता नि चोर” मार्फत भ्रष्टचार विरुद्ध पशुपतिको खबरदारी

0

सिनर्जी संवाददाता,
भरतपुर, फागुन ४ ।
भ्रष्टाचार, कुरीति र सामाजिक तथा राजनीतिक विसंगतिलाई प्रहार गर्दै लोक तथा दोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । गत बिहीबार उनले आफ्नै युट्युब च्यानलबाट “जता नि चोर” बोलको गीती भिडियो सार्वजनिक गरेका हुन् । अघिल्लो पटक लुट्न सके लुट बोलको गीतमा प्रयोग भएका केही शब्दले आलोचित बनेका उनले यस पटक भने केही संयमित भएका छन् । बिहीबार अपलोड गरिएको गीतलाई उनले लुट्न सके लुट – २ नाम दिएका छन् । जता नि चोर बोलको गीतमा रहेको शब्द र संगीत पनि गायक स्वयंले रचना गरेका हुन् । करिब १२ मिनेट लामो गीती भिडियोमा उनले भ्रष्टाचारी नेता तथा कार्यकर्ता, अल्छी नागरिक, लगायतहरूप्रति तीखो प्रहार गरेका छन् । हालसम्म सो गीतलाई युट्युवमा ९ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
https://youtu.be/C-g_TdbVhYo

Share.

Leave A Reply