play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इंग्लिस प्रिमियर लिगमा भिएआरले छेक्यो वुल्भ्सको बाटो

0

फाल्गुन ३,
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा गोलले मान्यता नपाउँदा वुल्भ्स शीर्ष चारमा उक्लिने यात्राको थप नजिक पुग्न पाएन ।

घरेलु मैदानमा भएको खेलमा वुल्भ्स र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका हुन् ।पहिलो हाफको अन्तिम समयतिर विली बोलीले वुल्भ्सका लागि गोल गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)) मार्फत हेरेर रेफ्रीले सो गोललाई मान्यता दिएनन् ।अफसाइड भएका कारण उनको गोलले मान्यता नपाएको रेफ्री पेड्रो नेटोले निर्णय गरेका हुन् । सो निर्णयमा वुल्भ्सले असन्तुष्टि जनाएको छ । यो सिजन हालसम्म वुल्भ्सका चार गोल भिएआर मार्फत अयोग्य भएका छन् । ७६ औँ मिनेटमा हम्जा चौधरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भयो । बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंकसहित तेस्रो तथा वुल्भ्स ३६ अंकसहित सातौँ स्थानमा पुगेको छ ।

Share.

Leave A Reply