play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आपराधिक मुद्दामा दखल दिने कानूनी अधिकार आफुसँग रहेको-राष्ट्रपति ट्रम्प

0

फाल्गुन ३,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक मुद्दामा दखल दिने ‘कानूनी अधिकारी’ आफूसँग रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आफूमा कुनै पनि आपराधिक मुद्दामा हस्ताक्षेप वा दखल दिने कानूनी अधिकार सुरक्षित रहेको उल्लेख गरेका हुन् । महान्यायाधीवक्ता विलियम बारले ह्वाइट हाउस (राष्ट्रपति ट्रम्प) ले गर्ने ट्वीटका कारण आफ्नो काममा असर परेको बताएपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो । आफूमा कानूनी अधिकार रहेको बताएका ट्रम्पले कुनै पनि मुद्दामा हस्तक्षेप वा दखल नदिएको दाबी गरेका छन् ।महान्यायाधीवक्ता बारले बिहीबार राष्ट्रपति ट्रम्पसँग ट्वीट रोक्न आग्रह गरेका थिए । ट्रम्पको ट्वीट ‘बुली’ गर्ने खालका रहेको बारले उल्लेख गरेका छन् ।ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनमाथिको आपराधिक मुद्दाबारे लगातार ट्वीट गरेका थिए । उनले सो मुद्दामा दखल दिने क्रम सुरु गरेका छन् ।अनुसन्धानकर्ताले स्टोनमाथि कडा कारवाही गर्न सिफारिस गरेका छन् । तर ट्रम्पले भने स्टोनमाथि अन्याय भएको बताएका छन् । महान्यायाधीवक्ता बारको आग्रह अस्वीकार गर्दै ट्वीट गरेका छन् ।

Share.

Leave A Reply