play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

वुवाले स्थापना गरेको सामुदायीक विद्यालयमा छोराको नेतृत्व

0

भरतपुर , फाल्गुन २ गते ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको अध्यक्षमा गोपालकृष्ण न्यौपाने निरविरोध चयन हुनुभएको छ । शुक्रबार न्यौपानेको नेतृत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको विद्यालयकका प्रधानाध्यापक त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । समितिको पदेन सदस्यमा वडा अध्यक्ष प्रकाश दवाडी, सदस्यमा अञ्जना परियार, राधिका अधिकारी, रमेश गिरी, वासुदेव भट्टराई, चिजाकुमारी रेग्मी, मित्रलाल दवाडी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक त्रिलोचन सापकोटा रहनुभएको छ ।
विद्यालयका अध्यक्ष गोपालकृष्ण न्यौपानेका बुवा दण्डपाणि न्यौपान उक्त विद्यालयको उत्प्रेरक संस्थापक पनि हुनुहुन्छ । उहाँ सहितको सक्रियतामा २०३७ सालमा उक्त ठाउँमा विद्यालयको आवश्यक्ता मसुस गरी त्रिशक्ति नाम राखेर विद्यालयको सुरुवात गरिएको थियो ।
राज्यबाट व्यपत्ता पारिएका उक्त विद्यालयका संस्थापक उत्प्रेरक दण्डपाणि न्यौपानेकै नाम बाट अहिले विद्यालयको नामाकरण समेत गरीएको छ । अध्यक्ष न्यौपाने भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको विज्ञ सल्लाहाकारको रुपमा महानगरमा समेत कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो २ वर्षको कार्यकालमा यस विद्यालयलाई नेपालकै नमुना सामुदायीक विद्यालय बनाएर छाड्ने समेत बताउनुभएको छ । न्यौपानेले भन्नु भयो – “यो विद्यालयको नेतृत्व आफुमा आउनु बुबाको सपना पुरा गनु संगै विद्यालयको छवि उच्च बनाउनु हो र यसका लागि म प्रतिवद्ध छु । ”
हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयमा अहिले १ हजार बढि विद्यार्थी अध्ययनरत छन् । जहाँ कृषि सम्बन्धि प्राविधिक विषय समेत पढाई हुन्छ । भने विद्यालयले कक्षा १ देखि ८ सम्म अग्रेजी माध्यममा समेत अध्ययनअध्यापन गराउदै आएको छ ।

Share.

Leave A Reply