play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

क्रिकेट रंगशाला मै मनाए धुर्मुसले प्रेम दिवस:क्रिकेट बल देखाउदै सुन्तलीलाइ भने-आइ लभ यू

0

फागुन ०२, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भ्यालेन्टाइन्स डेको दिन आज सेन्टी भाइरस फिल्मको टिम र फिल्मी पत्रकारहरुबीच मैत्रिपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ । सेन्टी भाइरस टिमले दिएको १३७ रनको लक्ष्य फिल्मी पत्रकारको टिमले १५ ओभरमा पुरा गरेको थियो।यस अघि पहिले ब्याटिंग गरेको सेन्टी भाइरस टिमले निर्धारित २० ओभरमा १३६ रन बनाएको थियो ।यसैबीच अहिले कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ चितवनमा स्टेडियम बनाउन लागी परेका छन् ।उक्त खेलका बिचमा धुर्मुसले सुन्तलीलाई बल दिएको फोटो समाजिक सन्जालमा निकै सेयर भइरहेको छ ।


तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको यो जोडीले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेका छन् । जस्तै, केहीअघि त्यहाँ धनधान्यचाल महायज्ञ लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि बनाएको छ । यो फिल्मको कमाइको केही प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनिएको छ ।

Share.

Leave A Reply