नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० जनाको मृत्यु

0

फागुन २, नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुकाअनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने जनाएको छ ।उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ । ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ ।जनघनत्व बढी भएको अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको जनाइएको छ ।


ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ ओटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ । रासस/सिन्ह्वा

Share.

Leave A Reply