play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्धयलाई मुद्दा नचलाउनाको कारण पेश गर्न अख्तियारलाई सर्वाेच्चको आदेश

0

फागुन ०२, सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ । तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै दायर भएको रिटको सुनुवाईमा सर्वाेच्चले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई निर्देशन दिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजालाशले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाई गर्दै पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनाको कारण पेश गर्न आदेश दिएको हो ।


वरिष्ठ अधिवक्ता न्यौपानेले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी बनाउनका लागि आदेश जारी गर्न मागदावी गर्दै माघ २९ गते सर्वाेच्चमा रिट दाय गर्नु भएको थियो ।उहाँले बालुवाटारको सरकारी जग्गालाई नक्कली मोही खडा गरी व्यक्तिका नाममा नामसारी गर्ने कार्य कुनै पनि हालतमा ‘नीतिगत निर्णय’ हुन नसक्ने दाबी गर्नु भएको छ ।न्यौपानेले बालुवाटारको जग्गा फिर्ता गरिदिन्छु भन्दै प्रतिवादी नबाइएका व्यक्तिविरुद्ध पनि मुद्दा चलाउन मागदाबी गर्नु भएको छ ।

Share.

Leave A Reply