play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन, अब भोली गर्ने

0

फागुन ०२, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने तय भएको सम्बोधन स्थगन गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि आजको बैठकमा तय भएको कार्यतालिका प्रभावित भएको हो ।क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । शोक परेका बेला बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगन गरिन्छ ।सोहीअनुसार आज प्रतिनिधिसभाको बैठक उपाध्यायको निधनमा शोकप्रस्ताव पारित गर्दै स्थगित भएको छ । क्यान्सरबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । केपी ओली नेतृत्वको सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्रीको सो सम्बोधनको कार्यसूची भोलिका लागि सरिएको संसद सचिवालयले जनाएको छ ।आजका लागि तय भएको संसद बैठकको कार्यसूची भोलि बिहान ११ बजेका लागि सारिएको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।


यसैबीच, प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनु भएको छ । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई आज ललितपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उहाँले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताउनुभयो ।उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न पनि गर्नुभयो । सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा आफ्नोे मनोबल उच्च गराउन आवश्यक रहेको भन्दै उहाँले समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरूको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताउनुभयो ।

Share.

Leave A Reply