play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे, विश्वभर मनाईँदै,सौराहामा जारि फुड फेस्टिबलमा आज दर्शकको चाप बढ्ने अनुमान

0

फागुन ०२, विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन । अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।


तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो ।आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ ।उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
यसैबीच सौराहामा जारी फुड फेस्टिबलमा आज दर्शकको चाप बढ्ने आयोजकले अनुमान गरेको छ। रेवान सौराहाले आयोजना गरेको सो फूड फेष्टिबल भोली अर्थात् फागुन ३ गतेसम्म चल्ने छ । भ्रमण वर्ष चलिरहेका कारण फेष्टिबल भ्रमण वर्षलाई सफल बनाउन कोसेढुंगा सावित हुने संयोजक ध्रुव गिरीले बताए ।फेष्टिबल सुरु भएसंगै सौराहा आन्तरिक पर्यटककको संख्या बढेको छ । फेष्टिबलको आज चौथो दिनसम्म आइपुग्दा सौराहामा चहलपहल बढेको व्यवसायीहरुले बताएका छन । कोरोना भाइरसका कारण केही दिन देखि सुस्ताएको सौराहाको पर्यटनमा फेष्टिबलले केही उर्जा प्रदान गरेको छ । सौराहा अहिले खाना, प्रेम र संगीतमय बनेको रेवान सौराहाका दीपेन्द्र खतिवडाले बताए ।

Share.

Leave A Reply