play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सिनर्जी एफएमको आयोजनामा “स्थानिय तह र रेडियो”सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

फागुन ०१, चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनामा “स्थानिय तह र रेडियो”सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विश्व रेडियो दिवसको अवसरमा सिनर्जी एफएमले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधि तथा रेडियोकर्मीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले स्थानिय तहले आफ्नो पारदर्शिता रेडियो सम्म पुर्याउन आवश्यक रहेको बताउनुभयो।भरतपुर महानगरपालिकाले सोहि कुरालाई मध्यनजर गर्दै सुचना अधिकारि राखेको बताउदै उहाले सुचना अधिकारि मार्फत महानगरका सुचनाहरु संचारमाध्यम सम्म पुर्याएको बताउनुभयो।उहाले महानगरको आफ्नै वइबसाइडमा पनि सम्पूर्ण जानकारी हेर्न सकिने बताउनुभयो


यस्तै कार्यक्रममा बोल्दै चितवनको पहिलो रेडियो सिनर्जी एफएमका निर्देशक तथा उवा संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले अहिलेका पत्रकारहरुको उमेर सानो हुनु तथा मेहनत कम गर्नुले रेडियो प्रति श्रोताहरुको बुझाइ फरक हुदै गएको बताउनुभयो। साथै ब्यबस्थापनले ध्यान दिन नसक्नु तथा विभिन्न तालिम प्रधान गर्न नसक्दा समेत अहिले रेडियो तर्फ आकर्षण घट्न थालेको बताउनुभयो

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले स्थानिय तहले गरेका राम्रा कामको प्रशंसा तथा नराम्रा काममा खबरदारी गर्नुपर्ने दायित्व संचारकर्मीको रहेको बताउदै नराम्रा कामको सुझाब दिनुपर्नेमा जोड दिनुभयो। उहाले रेडियो र स्थानिय तह बीच समन्वय हुन आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो
त्यस्तै जिल्ला समन्वयन समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटीले नेपालको संबिधानले दिएको अधिकार प्रयोग गर्न आफुहरु नसकिरहेको स्वीकार गर्नुभयो।उहाले आफ्नो कार्यालयमा समेत कर्मचारीको अभाब रहेको बताउदै रेडियो हरुको अनुगमन गर्न नसकिएको बताउनुभयो ।
पछिल्लो समय स्थानिय तह र रेडियो बिचको अन्तर घटाउन पनि यस कार्यक्रम कोशे ढुंगा साबित भएको रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले बताउनुभयो ।कार्यक्रममा रेडियो संचालकहरु तथा चितवनका सबै रेडियोकर्मीहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply