play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

प्रोफेसनल पब्लिक स्पिकिङको अडिसन अरोमा कलेजमा सम्पन्न:८ जना बिधार्थि दोस्रो चरणमा प्रबेश

0

फागुन ०१, विद्यार्थीको बोल्ने कला विकास गर्न चितवनकोे पहिलो रेडियो सिनर्जी एफएम ९१,६ मेगाहर्जले आयोजना गरेको ‘प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ को दोस्रो संस्करणको अडिसन अरोमा कलेजमा सम्पन्न भएको छ । आज भएको अडिसनबाट ८ जना बिधार्थि दास्रो चरणमा प्रबेस गरेका छन् । दोस्रो चरण प्रबेश गर्नेमा अनुराधा पौडेल,अनिश जैसी,प्रशंसा घिमिरे,जानकी शर्मा,दिव्या धिताल,आयुष पाण्डे, दिव्या कंडेल र सुजन गौतम रहेका छन् ।

यस अघि हिजो गुरुकुल कलेजमा अडिसन भएको थियो ।जसमा सुशन घिमिरे,प्रतिष्ठा कंडेल र उपेन्द्र लामिछाने दोस्रो चरणमा प्रवेश गरेका थिए।यसैबीच यस बर्षको अडिसन तनहु,मकवानपुर,गोर्खामा पनी हुने भएको छ । यसअघिको पहिलो सिजन चितवन र नवलपुरका बिधालयहरुमा गरिएको भएपनि यसबर्ष ३ वटा जिल्ला थप गरिदै अझ बृहत बनाएको सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जानकारी दिनुभयो । अब चितवन सहित नवलपुर,तनहु,मकवानपुर र गोर्खाका बिधालयहरुमा अडिसन गरिने छ ।प्रतियोगीतामा विभिन्न छनोट चरण हुने छ । अडिसनबाट प्रतियोगिताको फाइनल हुँदै उपाधि जित्नेले एक लाख एक हजार, द्धितीय हुनेले ५० हजार पाँच सय र तृतीय हुनेले २५ हजार दुइ सय पचास रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।दोस्रो सस्करणको अडिसन अन्तर्गत भरतपुरको सनराईज ईङ्गलिस बोडिङ स्कुल तथा बाल्मिकी शिक्षा सदनबाट ४(४ जना बिद्यार्थी छनौट भई दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगीतामा १०० भन्दा बढी स्कुल क्याम्पसका विद्यार्थीहरु सहभागि हुनेछन् । कार्यक्रमको टाईटल स्पोन्सर ‘प्रोफेसनल एजुकेशन कन्सलटेन्सि, मुख्य प्रायोजक पेन्गुईन एजुकेशन कन्सलटेन्सि, सहप्रायोजक नेपाल लोकसेवा तयारी केन्द्र, प्रायोजक नारायणी मोटर्स र साउन्ड पार्टनरको रुपमा एस।एस।एस सायन्ड रहेका छन् । अफिसियल टेलिभिजन आभाष टेलिभिजन रहेको छ । वि।स। २०५८ सालमा स्थापना भएको सिनर्जी एफ।एमले स्थानीय र स्रोता मुखी कार्यक्रम गर्दै आएको छ।

Share.

Leave A Reply