play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रोफेसनल पब्लिक स्पिकिङको अडिसन आज अरोमा कलेजमा हुदै

0

फागुन १,
विद्यार्थीको बोल्ने कला विकास गर्न चितवनकोे पहिलो रेडियो सिनर्जी एफएम ९१,६ मेगाहर्जले आयोजना गरेको ‘प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ को दोस्रो संस्करणको अडिसन आज अरोमा कलेजमा हुने भएको छ ।

कार्यक्रम दिउसो १२ः१५ बजेदेखि सुरु हुनेछ । रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलका अनुसार प्रतियोगितामा सहभागिता जनाउने बिद्यार्थीलाइ ३ मिनेटको समय छुट्ट्याएको छ । विद्यार्थीले कुनै पनि बिषयमा आफ्नो बिचार राख्न सक्ने बताउदै पौडेलले उक्त कार्यक्रमको अडियो सिनर्जी एफएमबाट प्रत्यक्ष प्रसारण गरिने तथा भिडियो युटुभमा सिनर्जी अनलाइन टिभीमा राखिने बताउनुभयो साथै आभाष टेलिभिजनबाट समेत हेर्न सकिने छ ।
यसअघि हिजो भएको गुरुकुल कलेजको अडिसनबाट ३ जना बिद्यार्थी दोस्रो चरणमा प्रवेश गरेका छन् ।यसैबीच यस बर्षको अडिसन तनहु,मकवानपुर,गोर्खामा पनी हुने भएको छ । यसअघिको पहिलो सिजन चितवन र नवलपुरका बिधालयहरुमा गरिएको भएपनि यसबर्ष ३ वटा जिल्ला थप गरिदै अझ बृहत बनाएको पौडेलले जानकारी दिनुभयो । अब चितवन सहित नवलपुर,तनहु,मकवानपुर र गोर्खाका बिधालयहरुमा अडिसन गरिने छ ।प्रतियोगीतामा विभिन्न छनोट चरण हुने छ । अडिसनबाट प्रतियोगिताको फाइनल हुँदै उपाधि जित्नेले एक लाख एक हजार, द्धितीय हुनेले ५० हजार पाँच सय र तृतीय हुनेले २५ हजार दुइ सय पचास रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।दोस्रो सस्करणको अडिसन अन्तर्गत भरतपुरको सनराईज ईङ्गलिस बोडिङ स्कुल तथा बाल्मिकी शिक्षा सदनबाट ४(४ जना बिद्यार्थी छनौट भई दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगीतामा १०० भन्दा बढी स्कुल क्याम्पसका विद्यार्थीहरु सहभागि हुनेछन् । कार्यक्रमको टाईटल स्पोन्सर ‘प्रोफेसनल एजुकेशन कन्सलटेन्सि, मुख्य प्रायोजक पेन्गुईन एजुकेशन कन्सलटेन्सि, सहप्रायोजक नेपाल लोकसेवा तयारी केन्द्र, प्रायोजक नारायणी मोटर्स र साउन्ड पार्टनरको रुपमा एस।एस।एस सायन्ड रहेका छन् । अफिसियल टेलिभिजन आभाष टेलिभिजन रहेको छ । वि।स। २०५८ सालमा स्थापना भएको सिनर्जी एफ।एमले स्थानीय र स्रोता मुखी कार्यक्रम गर्दै आएको छ ।

Share.

Leave A Reply