play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

अब रसिदलाई बिर्सनुस्, म नै नम्बर वान बलर हुँ:लामिछाने

0

माघ २९, ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली युवा स्पीनर सन्दीप लामिछानेले एसोसिएटमा आफू नम्वर वान बलर भएको प्रतिक्रिया दिएका छन् ।सन्दीपले बुधबार आइसीसी क्रिकेट वर्ल्डकप लिग २ मा त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाको ६ विकेट लिएका थिए । यससँगै उनी ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा अफगानिस्तारनका रसिद खान छन् ।


यसबारे सोधिएको प्रश्नमा उनले भने, फरगेट रसिद खान, उनी अब टेष्ट प्लेअर हुन् । (एसोसिएटमा) मै नै नम्बर वान हुँ ।’रसिदले सन् २०१७ जुनमा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए ।नेपालका लागि यसअघि एकै खेलमा धेरै विकेट लिने खेलाडी सोमपाल कामी थिए । उनले गतवर्ष युएईविरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए ।

Share.

Leave A Reply