play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

0

माघ २९, आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए ।अमेरिकाका केन्जिगेले २ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो ।यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।
ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो ।ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर सिरिज क्लिन स्विप गरेको छ ।दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ ।ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Share.

Leave A Reply