play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

‘ए’ डिभिजन लिगका १२ औं चरणका खेलहरु सकिंदै, हिमालयन शेर्पा र जावलाखेल युथ भिड्दै

0

माघ २९, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सकिनेछन् ।आज हुने एउटामात्रै खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।यो खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो १ बजे हुनेछ । जारी लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने पक्का भएको छ ।शनिवार दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्नेछन् ।१२ औं चरणको खेलसम्म यी दुई टोलीबिच १ अंकको मात्रै अन्तर छ । २९ अंक जोडेको आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ ।उपाधि जित्न अन्तिम खेलमा मच्छिन्द्रलाई जित चाहिन्छ भने आर्मी क्लबलाई बराबरी भए पुग्नेछ ।

उपाधि जसले जितेपनि नेपाली लिगको ईतिहासमा नयाँ च्याम्पियन थपिने निश्चित छ ।आर्मी र मच्छिन्द्रले अहिलेसम्म ए डिभिजन लिगको उापधि जित्न सकेका छैनन् ।१४ टोली सहभागी यो वर्षको ए डिभिजन लिगबाट सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

Share.

Leave A Reply