play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालले बलिङ गर्दै

0

माघ २९, आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ । अमेरिकाले सुरुवात ब्याटिङ गर्ने भएको छ ।अमेरिकासँगको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी टिमबाट बाहिर रहेका छन् । ललित नारायण राजवंशी टिममा अटाएका छन् ।दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् ।पहिला खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो ।अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो ।


यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ ।पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

Share.

Leave A Reply