play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

अस्ट्रेलियामा परेको ठूलो पानीले डढेलो निभाइदिने आशा

0

२८ माघ
अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ।

शुक्रवारदेखि आगलागीबाट प्रभावित क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो।केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो। ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको छ।सिड्नीको उत्तर र दक्षिणमा नोभेम्बर महिनादेखि बलिरहेको ‘विशाल डढेलो’ निभेका छन्। ती प्रत्येक डढेलोले पाँच(पाँच लाख हेक्टर क्षेत्रफल प्रभावित पारेको बीबीसीले जनाएको छ ।न्यू साउथ वेल्सको अग्नि नियन्त्रक निकायका अनुसार त्यहाँ अझै चारवटा डढेलो भने अनियन्त्रित ढङ्गले बलिरहेको छ। सो राज्यभरि कुल २४ डढेलो अझै बलिरहेका छन्। अग्नि नियन्त्रक निकायका प्रवक्ताले मौसम पूर्वानुमानअनुसार अब बाँकी डढेलो छिट्टै निभ्ने ठानिएको बताए।

Share.

Leave A Reply